एसपी रिपोर्टर
जनकपुरधाम, साउन २६ :
नेपाली कांग्रेस मधेश प्रदेश समितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ । जनकपुरधाममा पार्टी मधेश प्रदेश सभापती कृष्ण प्रसाद यादवको सभापतित्वमा भएको बैठकले आसन्न निर्वाचन, संगठन र पार्टी तथा प्रदेश सरकारसंग सम्बन्धित तपसिल बमोजिमको निर्णयहरु गरेको छ ।

१) यही मंसीर ४ गते हुने संघीय र प्रदेश सभा को निर्वाचनको क्षेत्र संख्या ६४ बाटै निर्वाचन क्षेत्रको वस्तुगत विश्लेषण गरि प्रतिवेदन पेश गर्न अन्तरगत जिल्ला प्रतिनिधी खटाउने

२) नेपाली कांग्रेस प्रदेश कार्यसमिति मातहतका सम्पूर्ण निकायहरुलाई विधान अनुसार गर्नुपर्ने सम्पूर्ण कार्यहरु गरि निर्वाचन केन्द्रित कार्यक्रमहरु तयार गरि सम्पूर्ण समिति, विभाग, भातृसंघ संस्थाहरु परिचालन गर्न निर्देशन जारी गर्ने ।

(३) नेपाली कांग्रेस मधेश प्रदेश अन्तरगतका आठ जिल्लामा जिल्ला स्तरीय र प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम संचालन गर्ने ।

४) नेपाली काँग्रेसको विधानमा व्यवस्था भए अनुसार संघीय र प्रदेशको उम्मेदवारी निर्धारित समयमा टुङ्ग्याउन नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति लाई गभीर ध्यानाकषर्णका लागि अनुरोध गर्ने

५) मधेश प्रदेशमा नेपाली काँग्रेसको सहयोगमा सरकार संचालनमा रहेको छ मधेश प्रदेश सरकार माथि अनियममितता लगायतका विषयहरु आम जनमानस र सरकारका अंग र निर्णय कर्ताहरु माथी भ्रष्टाचारको मुद्दा दर्ता हुँदा नेपाली कांग्रेस मधेश प्रदेशको गम्भिर ध्याणकषर्ण भएको छ । साथै नेपाली काँग्रेसको तर्फबाट सरकारमा जिम्मेवारी प्राप्त मन्त्रीहरु बाट आ–आफनो मन्त्रालय अन्तरगत हुने गरेका कार्यहरु वाट मधेश प्रदेशका नागरिकहरु र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु समेत सन्तुष्ट हुन नसकेको परिप्रेक्षमा नेपाली काँग्रेसको तर्फबाट सरकारमा सहभागी भएका प्रतिनिधीहरु लाई सरकारमा उपस्थिती प्रभावकारी बनाउन निर्देशन दिने ।

६) सम्मानीय प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ज्यूको नेतृत्वमा संचालीत वर्तमान नेपाल सरकारले नेपाली नागरिकता बाट बञ्चित नेपाली नागरिकहरुलाई नागरिकता प्रदान गर्न संविधानको व्यवस्था वमोजिम संसदको दुबै सदनबाट नागरिकता विधेयक पारित गराउन सफल हुनु भएकोमा नेपाल सरकार र वर्तमान गृहमन्त्री बाल कृष्ण खाँड ज्यू लाई धन्यवाद प्रदान गर्ने र सम्मानीय राष्ट्रपति ज्यू समक्ष रहेको नागरिकता बिधेयक अविलम्ब प्रमाणिकरणका लागी हार्दिक अनुरोध गर्ने निर्णय गरेको नेपाली कांग्रेस सूचना सचार तथा प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले बताए ।