एसपी रिपोर्टर
जनकपुरधाम, साउन २५ : नेकपा एमालेकी पोलिटब्युरो सदस्य तथा प्रतिनिधीसभा सांसद जुली महतो धनुषा निर्वाचन क्षेत्र नं. ३ मा यसपाली औपचारिक जित हुने बताएकी छन् । जनकपुरधाम स्थित आफनै निवासमा पत्रकारहरुसंग कुराकानी गर्दै पुर्व मन्त्री समेत रहेकी जुलीले भनिन, ‘म र जनता २०७० को निर्वाचनमा पनि हारेको होइन, धेरै कुरा थियो अव यसपालि जनताले औपचारिक रुपमा जित्ने छ ।’
यस क्षेत्रमा तपाईको जितको आधार के ? भन्ने जिज्ञासामा जुलीले आफु जनता संग र जनता आफुसंग कहिल्यै पनि टाढा नभएको बताउदै एकअर्काको सुख दु:खमा साथ रहेकाले जनताले नै चुनावमा बोलाइरहेको बताईन् । ‘हेवी ओइट भनेर यस क्षेत्रमा ठुलठुला नेता भनाउँदाहरु लडने जित्ने काम भए तर जनकपुरधामको के भयो ? न समुचित विकास छ न सुशासन नै’ उनले थपिन ।
जनकपुरधाम र यस क्षेत्रको विकासका लागि अव एक मौका एमालेलाई दिन उनले आग्रह गरिन । आज पाँच होइन अव त छ र सात दल मिलेर एमालेलाई रोक्ने प्रयास हुदैन उनले भनिन, ‘तर सुर्यलाई कसैले रोकेर रोक्न सक्छ ?’ आफनो उम्मेदवारी स्वभाविक रहेको उनको तर्क छ । जनता जनार्दनको आदेश सधै आफुले पालन गरेको बताउदै उनले एक मौका अव आफुले पनि पाउनु पर्ने बताउछिन् ।


