एसपी रिपोर्टर
जनकपुरधाम, साउन २१ : मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले बहुसंख्यक बर्ग र समुदायको समुचित उत्थान बिना देश र मधेशको स्मृद्वि असम्भव रहेको बताएका छन् । जनकपुरधाममा पिछडावर्ग ओबिसी महासंघले आयोजना गरेको पिछडावर्ग जिल्ला सम्मेलन धनुषालाई सम्बोधन गर्दै मन्त्री साहले मधेश प्रदेशको आधा भन्दा बढि जनसंख्या पिछडावर्गको रहेकाले ओबिसीको उत्थान र विकास बिना मधेशको विकास हुन नसक्ने बताएका छन् ।
पिछाडिएका समाज र बर्गले देशमा आमुल परिवर्तण पछि पनि परिवर्तणको महशुस गर्न नसकेको र अझै पनि पिछडावर्गको राजनितिक पहुँच जनसंख्याको आधारमा हुन नसकेको बताउदै वक्ताहरुले पिछडा वर्ग सशक्त भएर संगठित हुन आवयश्क रहेको बताए ।

कार्यक्रममा भारतबाट आएका पिछडावर्गका अभियानी मोतीलाल शास्त्रीले भारतमा अंग्रेजहरुको पालामा सन १९३१ मा पनि जातिय जनगणना हुँदा पिछडावर्गको जनसंख्या ५४ प्रतिशत रहेपनि शासन र प्रशासनमा कथित उच्च भनिने जातीहरुको बोलबाला रहेको स्मरण गराउदै पिछडावर्गको सशक्त आन्दोलनले मात्र परिवर्तण सम्भव हुने बताए ।
समाजिक न्यायका लागि आन्दोलन गर्नुपर्ने वक्ताहरुको कथन थियो । महासंघ धनुषाका अध्यक्ष परमेश्वर कापडीको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, व्यवसायी पवन ठाकुर, रौनियार सेवा समिति जनकपुरधामका अध्यक्ष रामप्रताप साह, वैश्य कल्याण महासंघका अध्यक्ष अमरनाथ गुप्ता, कविर बालआश्रमका सञ्चालक सन्त आलोक सहित पिछडा वर्ग अभियानीहरुको सहभागिता रहेको थियो ।


