एसपी रिपोर्टर
जनकपुरधाम, साउन २ : नेकपा एमालेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले विदेशी कुटनितीमा प्रधानमन्त्री शेरबहादुर देउवा र उनका सहयोगी प्रचण्ड दुवै अयोग्य सावित भएको बताएका छन् । जनकपुरधाममा पार्टीको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व अर्थमन्त्री समेत रहेका पाण्डेले दिल्ली बिमानस्थलमा प्रचण्डले भारत पछि चिनको यात्रा गर्छु भनेर पत्रकार समक्ष कुरा राख्दा भारतिय प्रधानमन्त्री मोदीले प्रचण्डलाई भेटन नचाहेको बताएका छन् । उनले आफुहरुलाई यस्तो जानकारी आएको खुलाए ।

पाण्डेले प्रचण्ड चिन र भारत दुवैमुखी हुन खोज्नु र प्रधानमन्त्री देउवालाई अमेरिका भए पुग्नुले देशलाई समस्या तर्फ धक्लिरहेको बताएका छन् । पाण्डेले माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीको ठुलो हिस्सा एमालेमा आउन लागेको भन्दै पहिलो गठबन्धनलाई एक्लै कसरी जित्ने र दोस्रो गठबन्धन भए त्यसको हरहिसाव के ? भन्ने दुईवटा काममा एमाले लाग्नु पर्ने बताए ।

यसपालि आमने सामनेको टक्कर एमाले र कांग्रेसमै हुनेमा निश्चिन्त हुन उनले नेता कार्यक्रतालाई निर्देशन दिएका छन् । कार्यक्रममा पार्टी सचिव रघुविर महासेठले स्थानिय तहको मतभारको हरहिसाव राख्दै एकजुट भएर लागे एमाले पहिलो पार्टी हुने दावी गरेका छन् । कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादव, नेताहरु प्रभु साह, लिलानाथ श्रेष्ठ, ज्वाला साह सहितको उपस्थिती रहेको छ ।





