एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र छाडने एमाले प्रगतीशिल र कांग्रेस क्रान्तिकारी हुने तर राप्रपा नेपालले त्यै राजतन्त्र छोडदा गलत हुने ? प्रश्न गरेका छन् । प्रदेश व्यापीरुपमा पार्टीले सञ्चालन गरिरहेको जनता माझमा राप्रपा नेपाल अभियानको क्रममा मधेशको राजधानी जनकपुरधाम आएका अध्यक्ष थापाले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।
अध्यक्ष थापाले आफनो पार्टी गाई चुनाव चिन्हका लागि स्र्वोच्च सम्म जाने बताउदै अगामि प्रदेश र संघको निर्वाचन आफनै चुनाव चिन्हमा लडने समेत बताएका छन् । चुनावमा तालमेल गर्ने विषयमा आफुहरु जुनसुकै विकल्पमा खुल्ला रहेको र एजेन्डा मिल्ने कोहि संग पनि तालमेल हुन सक्ने बताएका छन् ।
थापाले जन्मसिद्व नागरिकका सन्तानले निर्वाध रुपमा नागरिकता पाउनु पर्ने, तराइ मधेशको लाइफ लाइन हुलाकी सडकको वाँकी काम यथासिघ्र हुनुपर्ने, जनकपुरधामको श्री जानकी मन्दिरलाई बिश्व सम्पदा सुचिमा सुचिकृत गर्नुपर्ने सहितका जनकपुरधामको पार्टीको भेलाले गरेको ८ बुँदे मांग र घोषणा पत्र समेत सार्वजानिक गरेका हुन ।





