एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १२ : जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ३ मा लगातार दोस्रो कार्यकालका लागि निर्वाचित वडा अध्यक्ष दिपेन्द्र कुमार साहले पदभार ग्रहण गरेका छन् । नव निर्वाचित मेयर मनोज कुमार साहबाट सपथ ग्रहण गरे संगै वडा अध्यक्ष साह वडा कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्न पुगेका साहलाई वडावासी युवा तथा कर्मचारीहरु स्वागत गरेका थिए । आकर्षक ठुलो माला लगाएर उनको स्वागत गरिएको थियो । पदभार ग्रहण गर्दै साहले स्थानिय सरोबर देबान पोखरीको सौन्दर्यकरण तथा पर्यटन प्रवद्वन आफनो प्राथमिकतामा रहने बताएका छन् । उनले झिनो मतान्तरका साथ नेकपा एमालेका उम्मेदवार शुनिल दासलाई पराजित गर्दै वडा अध्यक्ष जितेका हुन भने चारजना सदस्यहरु एमालेकै जितेका छन् ।





