एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ४ :
धनुषामा जसपा नेपाल र नेपाली कांग्रेसले खाता विजयी सुरुवात गरेको छ । जिल्लाको १८ पालिका मध्ये जनकनन्दनी गाँउपालिकाको अध्यक्षमा जित्दै जनता समाजवादी पार्टी (जसपा)ले खाता खोलेको छ । अध्यक्षमा जसपाका दिपिन देव यादव निर्वाचित भएका हुन् । त्यसै गरि उपाध्यक्षमा भने नेपाली कांग्रेसकी कमला सहगल निर्वाचित भएकी छिन् ।

अध्यक्ष जितेका यादव आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीलाई ४८९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । यादवले ३ हजार १९७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले २ हजार ७०८ मत पाएका छन् ।

धनौजीमा कांग्रेस विजयी

एता धनौजी गाँउपालिकामा लोसपा वा नेकपा एकिकृत समाजवादी जित्ने चर्चाका बिच पुनः नेपाली कांग्रेसले बाजी मारेको छ । कांग्रेसका राजकुमार साह अध्यक्षमा निर्वाचित भएका छन भने उपाध्यक्षमा पनि कांग्रेसकै रामवती मण्डल निर्वाचित भएका छन् । उनीहरुको आधिकारिक घोषणा हुन भने वाँकी छ । उपाध्यक्षमा जितेकी मण्डलको लगातार यो दोस्रो कार्यकालको लागि जित हो ।