एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १२ :
जनकपुरधाममा स्वतन्त्र उम्मेदवार बलराम महतो उम्मेदवारीका लागि जाने क्रममा जनकपुधामवासी हौसल बढाएका छन् । आफना पसल र घरहरुमा रहेका स्थानियहरु घर र पसलबाट निक्लेर उनको अभिवादनको प्रतिक्रिया दिदै सकारात्मक एक्सप्रेशन दिएका छन् । महतो भन्छन ‘यो नै जनकपुरधामवासीको विशेषता हा’े । राम्रो काम गर्ने र गर्न चाहनेको हौसला बढाउनु जनकपुरधामवासीको सपना साकार हुने उनले बताए ।

उनलाई बाटोमा भेटेका अधिकांश दलका नेता कार्यक्रताहरु पसल र घरबाटै सकारात्मक प्रतिक्रिया जनाइरहँदा महतो भावुक बनेका थिए । एता

जनकपुरधाम उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि नगरप्रमुख पदमा १७ र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको छ ।

राजनीतिक दलको तर्फबाट मेयरमा ७ जनाको उम्मेदवारी परेको छ भने १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै, उपमेयरमा राजनीतिक दलको तर्फबाट ६ जनाले उम्मेदवारी दिएका छन् भने ४ जना स्वतन्त्र उम्मेदवार छन् । चार दलिय गठबन्धनको उम्मेदवारको रुपमा जसपाको तर्फबाट वर्तमान मेयर लालकिशोरले उम्मेदवारी दिएका छन । त्यसैगरि नेकपा एमालेको तर्फबाट शिवशंकर साह हिरा, लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मनोज चौधरीले उम्मेदवारी दिएका छन ।

KhojKendra.com

जनकपुरधामको नेतृत्वका लागि स्वतन्त्र उम्मेदवारहरुको पनि लहर देखिएको छ । जनकपुरधाममा व्यापक चर्चाका बिच स्वतन्त्र उम्मेदवार बलराम महताले उम्मेदवारी दिएका छन् । दलहरुको भन्दा तामझामको साथ उनले उम्मेदवारी दर्ता गराएका छन् । जनकपुरधाममा स्वतन्त्रले जित्ने गरेको इतिहाँसलाई महतोेले पुन: दोहराउने चर्चा छ । उनी धरहरा बनाउने रमण कन्ष्ट्रक्शनका पुर्व अध्यक्ष हुन । उनले आफु व्यवसाय छाडेको बताए ।

त्यसैगरि स्वतन्त्र उम्मेदवारकै रुपमा नेपाली कांगे्रसवाट टिकट नपाएका विगत निर्वाचनका निकटतम प्रतिद्वन्द्वी मनोज कुमार साह पनि उम्मेदवारी दिएका छन् । उनले नेपाली काग्रेसले आफुलाई मत दिने बताए । त्यसैगरि तराई मधेश लोकतान्त्रिक पार्टी र जनमत पार्टीले जनकपुरधामको मेयरमा महिलाहरुलाई अवसर दिएको छ । ति पार्टीहरुबाट क्रमश विभा ठाकुर र अनिता साहले मनोनयन दर्ता गराएकी छन् ।

त्यसैगरि स्वतन्त्र उम्मेदवारकै रुपमा जानकी राम साहले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनी लोसपाबाट आकांक्षी रहेको र केहि दिन अगाडि एमालेमा प्रवेश गरेपनि दुवै दलबाट टिकट पाउन सकेन । स्वतन्त्र उम्मेदवारकै रुपमा बैद्यनाथ साहले समेत उम्मेदवारी दिएका छन् । उनीहरुको आलावा अन्य दर्जनौ स्वतन्त्र उम्मेदवारले समेत मनोनयन दर्ता गरेका छन् ।

उपमेयरमा भने गठबन्धनले कांग्रेसका किशोरी साह, एमालेले रुना झा, लोसपाले वर्तमान उपप्रमुख रिता झा, स्वतन्त्र उम्मेदवारका रुपमा उमेश चौधरी, सन्तोष साह सहित गरि करिव एकदर्जनले उम्मेदवारी दिएका छन् ।