एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २ : जनकपुरधाम उमहानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार हुन शिवशंकर साह हिरा । हिरा भनेर चिनिने जनकपुरधाम र मधेश प्रदेशकै व्यापारीका नेता उनी राजपाबाट राजनितिको थालनी त गरे तर गत निर्वाचनमा टिकट पाएनन । यस वर्ष भने एमालेको सुर्य बोकेर उनी मेयरको दौडमा छन् ।
नयाँ वर्षको पहिलो महिना बैशाख आरम्भ भएसंगै खुट्टा भाँचेर घाइते हिरा आफना नेता कार्यक्रता र शेभेच्छुक संगै चुनावी तयारी र प्रचार प्रसारमा उत्रेका छन् । बैशाखीको साहारामा एकै खुट्टाले चुनावी मैदानमा घुमिरहेको हिराको मेहनतले राजनिति प्रतिको आकर्षण समेत दर्शाइरहेको छ ।

हिरा भन्छन, ‘म सुर्य बोकेर निक्ले अव जनताको हातमा न्याय छोडिदिन्छु ।’ करिव डेढ महिना अगाडि उनी लडेर घाइते भएका थिए । उनले आफु एमालेको लागि निक्लेको भन्दै जनकपुरधाममा एमाले फर्काउन लागि पर्ने बताए । म सधै संर्घषशिल र अगुवाई गर्ने मान्छे उनले भने, ‘अहिले त धेरै गर्नु छ यो बैशाखी त समान्य समस्या हो ।’ हिरा संगै एमालेका नगर अध्यक्ष सुरेन्द्र भण्डारी, उपाध्यक्ष सन्तोष महतो, सचिव राजु साह र उनको टिम जनकपुरधाममा खटेका छन् ।



