एसपी रिपोर्टर
जनकपुरधाम, चैत २७ : यहाँ गहना जेवरातमा प्रयोग होइन हिराको होइन जनकपुरधामका मेयर प्रत्यासी हिराको प्रसंग हो । जनकपुरधाम उद्योग बाणिज्य संघ तथा नेपाल उद्योग बाणिज्य महासंघ मधेश प्रदेशको समेत अध्यक्ष रहेका शिव शंकर साह हिरा यस वर्ष जनकपुरधामको मेयर प्रत्यासीहरु मध्ये युवा नेता हुन । अहिले सम्मको चर्चामा रहेका नामहरुमा कान्छो उनी जनकपुरधाममा भने विभिन्न काम गरि चर्चामा रहने गरेका छन् ।
हिरासतमा रहेका पुर्व सभाषद संजय कुमार साहको परिवारजनको अनसनमा सक्रिय सहभागिता देखि तेली कुट्टी संरक्षणको अभियानलाई अगुवाई गरेका हिरा जनकपुरधामका विभिन्न युवा कमिटिहरुको नेतृत्व चयन देखि कमिटिको गतिविधीमा समेत सक्रिय सहभागिता जनाउने गरेका छन् । २०७४ सालको स्थानिय निर्वाचनमा तत्कालिन राजपाबाट पनि दाबेदार हिरा अन्तिममा टिकट पाउन सकेन । हिरा एमाले प्रवेश गरे संगै मेयरमा चुनाव लडने तयारीमा निरन्तर लागि परेका छन् ।
उनी टिकट नपाउँदा राजपामै पनि असन्तुष्टि थियो । पछि उनी राजपा परित्याग गरि एमाले र खास गरि एमाले नेता रघुविर महासेठ समुहमा सक्रिय भए । जनकपुरधामका लागि समाजिक रुपमा सक्रिय र अलिक चर्चित चेहरा खोजिरहेको एमालेमा उनको प्रवेश संगै उनको नाम पुनः मेयरको प्रत्यासीमा चर्चामा आयो । कांग्रेस, लोसपा र जसपाको लडाईमा जनकपुरधाममा आफनो राम्रो उपस्थिती जमाउने मौका यसपाली एमाले संग छ ।
एमाले एक्लै लडे मात्र हिराको सम्भावना
हिराको भविष्य एमालेको निर्णयमा भर पर्ने छ । चार दलको गठबन्धन जनकपुरधाममा एकल उम्मेदवार ल्याए एमाले पनि लोसपा, जनमत र राप्रपा सहितका दलहरु संग गठबन्धन गरि चुनावमा जान बाध्य हुने चर्चा छ । त्यसवेला मेयरमा लोसपाको दाबेदारी रहने छ । जनकपुरधाममा अहिलेका लोसपा र उहिलेका राजपा जितेको पनि छ । कांग्रेसको मुख्य प्रतिस्पर्धीनै यहाँ लोसपा छ ।
तर एमाले र लोसपाको गठबन्धन भए एमालेले पनि प्रतिनिधीसभा सांसद र मेयर बाहेक एक आफुले पाउनै पर्ने अडानमा रहेको देखिन्छ । लोसपामा चारजना मेयरका आकांक्षी छन् । परमेश्वर साह, मनोज चौधरी, जानकी राम साह र अमर पजियार । एकलाई उम्मेदवार बनाए तिन असन्तुष्ट हुने सम्भावनाका बिच के गर्ने विषयमा लोसपा पनि बिचाराधिन रहेको अवस्था छ ।
गठबन्धन हुँदा एमालेको भागमा मेयर परेको अवस्थामा हिराको चमक बढने छ तर यदि मेयर लोसपाकै भगमा परेको अवस्थामा पुनः यसपालि एमाले उपमेयरमै चित बुझाउनु पर्ने छ ।


