एसपी रिपोर्टर
जनकपुरधाम, चैत २१ :
लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी सदस्य शरत्सिंह भण्डारीले मधेशको राजनीतिमा सबैभन्दा ठूलो समस्या जातिवाद रहेको बताउनुभएको छ । जनकपुरधाममा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता भण्डारीले मधेश आन्दोलनका क्रममा सबै एक ढिक्का भए पनि अधिकार प्राप्तिको आन्दोलनमा जातिवाद हाबी भएको बताउनुभएको हो । उहाँले मधेशको राजनीतिमा जातिवाद ठूलो समस्या रहेको भन्दै यसबाट सबै मुक्त हुनुपर्ने पनि धारणा राख्नुभयो ।

https://www.facebook.com/watch/?v=1005830447015147

नेता भण्डारीले अहिलेको सत्ता गठबन्धन अप्राकृतिक गठबन्धन भएको पनि टिप्पणी गर्नुभयो । उहाँले यो गठबन्धनसँग कुनै सैद्धान्तिक र वैचारिक आधार नभएको पनि बताउनुभयो । उहाँले पाँच दलीय गठबन्धनले लोकतन्त्रलाई कमजोर पार्ने काम गरेको पनि आरोप लगाउनुभयो ।

उहाँले स्थानीय तहमा आवश्यकताका आधार गठबन्धन हुन सक्ने पनि स्पष्ट पार्नुभयो । भण्डारीले आफूहरू सरकारमा जान लालायित नभएकोसमेत बताउनुभयो । नेता भण्डारीले आफूहरूले चुनावलाई आन्दोलनको रूपमा लिएको भन्दै लोकतन्त्रमा विश्वास गर्ने पार्टीसँग चुनावमा गठबन्धन हुन सक्ने बताउनुभएको थियो ।

सोही क्रममा धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ३ का निर्वाचित वडा अध्यक्ष उदय कुमार सिंह सहित लोसपामा प्रवेश गरेका छ्न । हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको अगुवाइमा जसपाबाट निर्वाचित वडा अध्यक्ष जसपाबाट निर्वाचित वडा अध्यक्ष सिंहसहित वडा सदस्य शशिकान्त कापर ,सदरे आलम ,लालमनी देवि ,अमृती देवि लोसपा नेपालमा प्रवेश गरेका छ्न । कार्यक्रममा लोसपाका मधेश अध्यक्ष जितेन्द्र सोनल, धनुषा अध्यक्ष परमेश्वर साह, जनकपुरधाम अध्यक्ष मनोज चौधरी, युवा नेता ज्ञानेन्द्र झा ज्ञानु सहितको उपस्थिती थियो ।