एसपी रिपोर्टर
जनकपुरधाम, चैत १८ : संघिय सरकारकी भौतीक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले भारतको राजधानी दिल्ली बाटै नेपालको एकमात्र रेल्वेको समुदघाटन हुने बताएकी छिन् । शनिवार हुने नेपाल रेल्वेको समुदघाटन कार्यक्रममाका लागि जनकपुरधाम आइपुगेकी मन्त्री यादवले विमानस्थलमा पत्रकारहरु संगको कुराकानीमा नेपाल रेल्वेको समुदघाटन समेत प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रवार देखि हुन लागेको भारत भ्रमणको मुख्य एजेन्डा रहेको बताइन् ।
दुवै देशका प्रधानमन्त्रीले शनिवार दिल्लीमा स्वीच थिचेपछी रेल्वे विधिवत यात्रु बोक्न थाल्ने उनको भनाई छ । अगामि स्थानिय तहमा सवै पालिकाका गठबन्धन हुने सम्भावना नरहेको बताउदै मन्त्री यादवले स्थानिय परिवेश, परिस्थती र आवयश्कताको आधारमा स्थानिय तहमा गठबन्धन हुने गरि तयारी भइरहेको बताइन ।
एक अर्को प्रसंगमा मन्त्री यादवले लोसपा अटल बिचारका साथ आए पुनः गठबन्धनको सम्भावना रहेको बताइन । गठबन्धनका लागि मुख्य विषय एजेन्डा र बिचार रहेकाले लोसपा बिचार लिएर आए सम्भावना अझै पनि नमरेको उनको तर्क छ । बिचार, नियत र मन मिले जे पनि हुन्छ उनले भनिन ।





