एसपी रिपोर्टर
जनकपुरधाम, चैत १७ : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कांग्रेस, बामपन्थी र मधेशी दलहरु जहर रहेकाले जानी जानी विषको सेवन नर्गन आग्रह गरेका छन् । जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले हातमा पानीको बोतल लिएर उदाहरण दिदै मधेशी जनताका लागि अहिले सम्म विष सावित भएको पार्टीलाई पुनः अपनाएर विषको सेवन नर्गन आहवान गरेका छन् ।
तिस वर्ष पहिला कुनै पनि मधेशीलाई विदेश र बैदेशिक रोजगारमा जानु पर्ने अवस्था नरहेको बताउदै उनले त्यो अवस्थाको निर्माणको गर्ने तराई मधेशको सम्पुर्ण उद्योग कलकारखाना बन्द गर्ने पार्टीहरुलाई मत दिएर अभागी बन्ने काम नगर्न आग्रह गरेका छन् ।

अध्यक्ष डा. राउत हिरासतमा हुने मृत्यु र निरन्तरको बलात्कारको घटना पछाडि अधिकांश जसपाकै नेताहरुको हात हुने गरेको उनको तर्क छ । मधेशी जनता पैसा, चुरा, मासु र रक्सीको लोभमा अमुल्य मत बेच्ने गरेकाले मधेश बन्धक बनेको उनको जिकिर थियो ।


