एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त १४ :
परिपक्व हुन नपाउदै नेकपा एकिकृत समाजवादी पार्टीमा भाँडभैलोको सम्भावना देखिएको छ । नेकपा माओवादी परित्याग गरि नेकपा एसमा नेता तथा पुर्वमन्त्री रामचन्द्र झा प्रवेश गर्ने वितिकै आफनो एक नेतृत्वको योजना तहत अगाडि बढन थालेपछि नेकपा एस धनुषामा विवाद देखिएको छ ।

नेकपा एस स्रोतका अनुसार नेताहरु तथा प्रदेशका नेतृत्वकर्ता धर्मनाथ साह, रामचन्द्र यादव, सत्रुधन महतो र रत्नेश्वर गोइत सहितका नेताहरु एका तर्फ छन भने झा एकलै अगाडि बढन खोजेपछि भाँडभैलोको स्थिती छ । विवादका कारण २८७ सदस्सीय जिल्ला कमिटि मध्ये १ सय १७ जनाले राजिनामाका लागि हस्ताक्षर संकलन गरिसकेका छन् ।

उहाँ पार्टीमा आउने वितिकै आफनो मात्र सोच्नु हुन्छ एक नेताले भने, ‘ उहाँ एमालेमा छदाँ पनि सितानन्द राय र महेन्द्र राय यादवलाई पार्टी छोडन बाध्य बनाए भने रघुविर महासेठसंग टकराव गरि पार्टीलाई तहसनहस पार्नुभयो ।’ सामुहिक प्रयास र नेतृत्वले नै पार्टी मजबुत हुने भएपनि उहाँको आगमण संगै पार्टी भित्र खेलाबेला सुरु भएको उनको दुखेसो छ ।