एसपी रिपोर्टर
जनकपुरधाम, चैत १२ :
उनी मानिरहेका छैनन तर उनलाई २५ वटै वडाका अगुवा र सचेत नागरिकहरु भेटघाट गरेर जनकपुरधामको सेवामा समर्पित हुन आग्रह गरिरहेका छन् । साँझ विहान उनको निवास पुगेर वडाका अगुवा र विकासप्रेमीहरु जनकपुरधामका लागि पैसा कमाउने भन्दा पनि विकास र समाजसेवा गर्न चाह्नेको आवश्यकता रहेकाले स्वतन्त्र उम्मेदवार भई चुनाव लडन आग्रह गरिरहेका छन् ।

यद्यपि यस विषयमा एसपी खवरको जिज्ञासामा समाजसेवी बलराम महतोले आफु चुनाव लडने मनस्थितीमा नरहेको बताउछन् । हरेक वडाबाट मान्छेहरु आएर चुनाव लडन आग्रह गरिरहेको भएपनि आफु सुन्ने मात्र गरेको उनले बताए । जनकपुरधामको नेतृत्व गर्नेहरुमा पैसा कमाउने विषयनै पहिलो प्राथमिकता देखिएको जनताको गुनासो आइरहेको उनले सुनाए ।

आफनो मुख्य पेशा निर्माण व्यवसायीको सम्पुर्ण जिम्मा दुईजना छोराहरुलाई हस्तान्तरण गरिसकेको बताउदै महतोले आफु सक्रिय राजनितिमा आएपनि नआएपनि यो उमेरमा अव यस क्षेत्रकै जनताको महत्वको केन्द्र जनकपुरधाम र आफनौ पैतृक गाँउ पर्ने धनुषाको क्षेत्र नं. १ मा समाजसेवामा जुटने बताउछन् । दलिय सक्रिय राजनितिमा लाग्दा एकदमै खिचातानी र काम गर्ने अवस्था नरहेको उनको विश्लेषण छ ।

महतोले त्यसो भनेपनि उनीसंग हरेक दलको नेताहरु सम्पर्क गरिरहेका छन् । उनलाई राजनितिमा आउन आग्रह गरिरहेको उनको निकट स्रोतले जनाएको छ । जनकपुरधामको मेयर भन्ने वितिकै पैसा कमाउने पद रहेको र काम गर्न सौहादपुर्ण वातावरण नरहेकाले उनी मेयरमा जान नचाहेको ति स्रोतको भनाई छ । यद्यपि आफुले योजना पाएर बनाएको नगरको सडक सहित चौतर्फी सफाई, ढल निकास, पिडारीचौकको पार्कको सफाई र सौन्दर्यकरण सहित सफा जनकपुरधाम आफनो सपना रहेको महतोले भन्ने गरेका छन् ।

उनले भने, ‘मेरो केहि लक्ष्यहरु छ, मेयरमा जो कोहि आएपनि जनकपुरधामका लागि सर्वप्रथम ल्याण्डफिल साइड, दोस्रो वडा वडामा सफाई तथा टोल सुधार अभियान र तेस्रो सवारीसाधन पार्किङ्गको उचित व्यवस्थापन गरि सुन्दर र सहज सडकका लागि आफु हातेमालो गर्न र कुनैपनि सहयोग गर्न तयार रहने उनले बताए ।’ यि कुराहरुका साथै वडामा विकास र सुशासनका लागि वडा सरकारमा पुर्ण अधिकार प्रत्यायोजन गर्दा झनै सहज हुने सुझाव उनको छ ।

एडिवी मैले नगरेकोे भए कुनै ठेकेदारले नै गर्ने थियो मैले हरसम्भव राम्रो काम गरेर दिएको छु उनले भने, ‘ पिडारीचौकमा मैले राजा जनकको पार्क बनाए, विभिन्न संघसंस्थालाई सहयोग गर्ने गरेको छु, त्यसलाई पनि सकारात्मक देख्दैन ।’ केहि गर्न त्यस किशिमको सहयोग र वातावरण हुनुपर्दछ आफु केहि गर्न चाहेपनि मात्र ठेकेदारको नजरले हेर्ने नजरियाका कारण राजनितिप्रतिको उत्साह नरहेको उनको तर्क छ ।