एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २४ : धनुषाको कांग्रेसको सभापती तर्फ क्षेत्र नं. ३ को मतपेटिका खुल्दा पासा पल्टेको छ । प्रतिस्पर्धी उम्मेदवारहरु योगेन्द्र पजियार र सन्तोष यादवको आफनै क्षेत्र क्षेत्र नं. ४ मा ३० मतले अगाडि देखिएका यादवलाई क्षेत्र नं. ३ मा पुग्दा पजियारले करिव एक सय मतान्तरले पछारेका छन् ।
अहिले सम्म १ हजार ९३ मत गणना हुँदा सम्मको ताजा मतपरिणाम अनुसार सभापतीका उम्मेदवारहरु योगेन्द्र पजियार ५६०, संतोष यादव ३६१ र दिनेश प्रशौला १०० मत ल्याएका छन् । ७५ मत बदर भएको छ । नेपाली कांग्रेस धनुषाको नेतृत्वका लागि सोमबार भएको मतदानको मतगणना सावा दुई बजे शुरु भएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नं. ४ बाट मतगणना शुरु भएको हो । धनुषा कांग्रेसको जिल्ला अधिवेशनमा तिन हजार एक सय ७३ कुल मतदाता रहेकामा सोमवार दुई हजार ९ सय १२ जनाले मतदान गरेका थिए । मतदानमा २ सय ६१ जना अनुपस्थित रहे । धनुषाको सभापती देखि विभिन्न ९१ सिटका लागि कुल २ सय ४० जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।


