एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २१ : नेकपा एमालेको सचिव रघुविर महासेठले देशको दुई कित्ता मध्ये कुन उचित जनताले रोज्नुपर्ने बेला आएको बताएका छन् । धनुषाको मिथिला विहारी नगरपालिकाको एमाले नगर कमिटिको अधिवेशनलाई सम्बोधन गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता महासेठले दलदलमा रहेको गठबन्धन रोज्ने कि एक दलिय नेतृत्वमा विकासको स्पष्ट भिजन बोकेको एमाले रोज्ने भन्ने जिम्मा जनतालाई रहेको बताए ।

एमाले नेतृ जुली महतो र नेता रामचन्द्र मण्डलले एमाले बलियो रहेको डरले चारदल मिलेर चुनाव लडने योजना बनाइरहेको भएपनि तर पनि हारेको खण्डमा ति दलहरुको अस्तीत्वनै समाप्त हुने खतरा भने रहेको बताएका छन् । अधिवेशनले मिथिला विहारी नगर कमिटिको गठन समेत गरेको छ । नवगठित कमिटिको सपथ ग्रहण समेत गराइएको छ ।


