एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १७ : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले स्थानीय चुनावमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने चर्चालाई इन्कार गर्न चाहेनन । जनकपुरधाम विमानस्थलमा एसपी खवरसंगको कुराकानीमा अध्यक्ष ठाकुरले स्थानीय चुनावमा केही सिटमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन् ।
https://www.facebook.com/spkhabarnepal/videos/481498640177028
यद्यपि, यस विषयमा हालसम्म कुनै छलफल नभएको पनि उनले स्पष्ट पारेका छन् । अध्यक्ष ठाकुरलाई स्वागत गर्न लोसपाका नेता तथा कार्यकर्ताहरू जनकपुरधाम विमानस्थल पुगेका थिए । उनीसंगै पार्टीका वरिष्ठ नेता सरतसिंह भण्डारी समेत जनकपुरधाम आएका छन् ।






