एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १४ :
लोसपाका प्रदेश सांसद तथा धनुषा अध्यक्ष परमेश्वर साहले पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुलाई कमान्ड गर्ने कडा निकाय नभएकाले संगठन निर्माण अधुरा र जनताको गुनासो व्याप्त रहेको बताउदै सुधार गर्न आवयश्क रहेको बताएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ को वडा स्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै साहले अव पार्टी सिष्टममा चल्ने बताउदै पार्टीको सदस्य भएर चौक चौराहामा आफनै नेताको विरोध नर्गन सबैमा आग्रह गरेका छन् ।

पार्टीका नेता तथा जनप्रतिनिधीहरुसंग कुनै गुनासो भए चौक र चिया पसलमा भन्दा पार्टीको बैठकमा खुल्ला रुपमा राख्ने व्यवहार ल्याउन उनले नेता कार्यक्रतालाई आग्रह गरेका छन् । पार्टीका नेतातथा नेतृहरुले पुराना कुराहरु विर्सेर पार्टीको संगठन विस्तार र सुधारमा लाग्न सवैमा आग्रह गरेका छन् ।

सो अवसरमा विभिन्न व्यक्तिहरुलाई लोसपामा प्रवशे गराइएको थियो । कार्यक्रममा नेताहरु रामबिनोद चौधरी, मनोज चौधरी, नेतृ रेणु मिश्र, ज्ञानेन्द्र झा ज्ञानु, शम्भु झा निर्दोषि, जउनपा ८ का वडा अध्यक्ष रमेश ठाकुर सहितको उपस्थिती थियो ।