एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १३ :
नेपाली कांग्रेसका बयोबृद्व नेता तथा हाल मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले पार्टीबाट सरकारमा नेतृत्वकर्ता मन्त्री राम सरोज यादवले कुनै पनि काम गर्न नसकेको भन्दै आक्रोस व्यक्त गरेका छन् । शुक्रवार जनकपुरधाममा आयोजित कांग्रेसका संस्थापक नेता महेन्द्र नारायण निधीको शतवार्षिक जन्म जयन्ती समारोहलाई सम्बोधन गर्नेक्रममा प्रदेश प्रमुख मिश्रले आक्रोस व्यक्त गर्दै भने, ‘बजेट फ्रिज माथी फ्रिज भइरहेको छ तर पार्टीको हितको काम भन्दा मन्त्री रामसरोज आफनो मात्र काम गर्ने गरेका छन् ।’

https://www.facebook.com/watch/?v=627243055046978

उनले भने, ‘मन्त्री राम सरोज महेन्द्र नारायण निधी र रामनारायण मिश्रको नाममा आज होइन छ महिना पहिले नै करौडोको योजना घोषणा गरे तर अहिले सम्म डिपिआर समेत बनाउन सकेको छैन ।’ एकदमै आक्रोसित कांग्रेसकै संस्थापक नेता रामनारायण मिश्रका सुपुत्र समेत रहेका प्रदेश प्रमुख मिश्रले अगाडि भने, ‘चजुकालीमा रामनारायण मिश्रको स्टयाचु कांग्रेसीले होइन पञ्चायतकालमा राप्रपाका कर्मचारीहरुले बनाई त दिए तर अहिले स्टयाचुको माथी सानो छहरा बनाइदिन भन्दा मन्त्रीहरु बेकामको सावित भइरहेको छ ।’

आफु २०१५ साल देखिनै कांग्रेसमा सक्रिय रहेको स्मरण गराउदै उनले भने ‘उहिले नमस्कार र भैयाको नारामा सप्रेको कांग्रेस अहिले दाजु र जय नेपालको नारामा बिग्रदै गएको छ।’ महेन्द्र नारायण निधी विरामी पर्दा महेश्वर सिंहले सात बोरा सिमेन्ट बेचेर भारतमा उपचार गर्न लगेको बताउदै उनले कांग्रेसमा अहिले आपसी सदभाव र सहयोग खतम भएको बताए । पार्टीमा गुट र उपगुटले बर्बाद पारेको उनको दुखेसो छ । कार्यक्रममा पार्टीका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रिय सदस्य रामकृष्ण यादव सहितका नेताहरुको उपस्थिती रहेको थियो ।