एसपी रिपोर्टर
काठमाण्डौं, फागुन १२ :
एमाले र कांग्रेसको कुरा मिल्ने हो भने एमालेलाई फाइदै फाईदा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुन गइरहेको छलफल सकारात्मक भए एमालेका मांगहरु सबै सम्बोधन हुने छ । सो मांग पुरा भए एमालेका अध्यक्ष केपि शर्मा ओली तत्काल सम्पुर्ण राजनितिक बदला लिन सफल हुने छ ।

यि हुन एमालेलाई हुने फाइदाहरु

एमाले नेतृत्वको सरकार ढाल्ने प्रचण्ड र नेपाल तह लागेर सडकमा जानेछ

एमालेलाई संसदमा हल्ला गर्न बाध्य पारेका सभामुख सापकोटालाई तह लगाइने छ

दोस्रो संसद विघटन, नागरिकता र संविधान संसोधनमा एमालेका शुभेच्छुक देखिएका लोसपा सत्तामा आउने छन्

एमाले फोडने नेपाल नेतृत्वको १४ सांसदको पद धरापमा पर्ने छ

प्रचण्ड र नेपाल सत्ताबाट सिधै सडकमा बस्न बाध्य हुनेछन

एमाले नेतृत्वको सरकारले सम्झौता गरेको एमसीसी पारित हुनेछ

एमालेले चाहेको प्रधानन्यायधिश विरुद्वको अविश्वास फेल या कि अन्य न्यायधिश विरुद्व समेत अविश्वास दर्ता भई एमाले पावर शेयरिङ्गको लाभ लिने छ

सत्ता सहभागिता सहित एमाले चुनावमा जाँदा लाभ हुनेछ

एक अर्का बिच प्रतिस्पर्धा भएपनि चुनावमा जितेर पुनः एमाले र कांग्रेसकै सरकार बन्ने सम्भावना बढने छ