एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ८ : जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ वेंगा शिवपुर स्थित ५२ बिघघा जनक दरबारमा भब्य श्री महाविर जीको झन्डा मेलामा पहलमानी आर्कषणको केन्द्र बनेको छ । शनिवार देखि सुरु भएको पहलमानीमा नेपालका चर्चित पहलमान देवा थापाको पहलमानी हेर्न हजारौंको भिड जम्मा भएको छ ।
आइतवार समाजसेवी तथा नेकपा एमालेका बयोबृद्व नेता गंगाराम यादवले पहलमानीको समुदघाटन गरेका थिए । भारतको समेत एकसे एक पहलमानहरुको सहभागिता रहेको पहलमानीमा जनकपुरधामका दर्शकहरु नेपाली चर्चित पहलमान देवा थापाको समर्थनमा देखिएका थिए ।

मेला समिति संयोजक लक्ष्मेश्वर यादवका अनुसार पहलमानीमा नेपालका थापा वाहेक नरेश गिरी र राजा पहलमानका साथै तिनजना महिला पहलमानहरु छन भने चारतको दिल्लीका प्रवेज जलाद सिंह, बनारसको भुन्टी, अयोध्याको कल्लु बब्लर र बनारसकै नरेश बुमरी र तिनजना महिला पहलमान पनि सहभागि भएका छन् ।

झन्डा मेलामा नेपाल भारतको पहलमान सहभागि पहलमानी, झरी, सांस्कृतीक कार्यक्रमहरुको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । मेलामा भब्य झन्डाको स्थापना गरिएको बताउदै आयोजकले फागुन १० गते सम्म आयोजना हुने मेलामा सहभागिताका लागि अनुरोध गरेको छ ।



