एसपी रिपोर्टर
काठमाण्डौं, फागुन ६ : बुधवार अवेर राती सम्म ओली निवास बालकोटमा प्रधानमन्त्री शेरबहादुर देउवा आफनी धर्मपत्नी सहित छलफलमा जुटे । एमाले अध्यक्ष ओलीले राम्रो स्वागत सत्कार गरेको देउवालाई कुनै झुठा आश्वासन नदिएको बालकोट स्रोतले जनाएको छ ।
स्पष्ट रुपमा बालेका ओलीले भने, ‘तपाँइको गठबन्धन छदा सम्म मेरो कुनै काम छैन, त्यसैले गठबन्धन तोडनोस हरेक छलफल र सहयोग हुन्छ ।’ चुनावी प्रतिस्पर्धा तपाई र हाम्रो मात्र हो, ओलीले अगाडि भने, ‘प्रदेश देखि केन्द्र सम्म सरकार बनाएर स्वास्थ्य चुनावी प्रतिस्पर्धा गर्ने हो, हार जित आफनो ठाँउमा छ ।’
प्रधानमन्त्री देउवाले एमसीसीमा सहयोग गर्न भनेका थिए । ओलीले गलत काम गर्ने प्रधानन्यायधिश मात्र होइन सभामुखको पनि केहि काम नरहेको बताएका थिए । एकजना नराम्रो मान्छेलाई काँधमा बोकेर अर्कोलाई नराम्रो भन्न नमिल्ने उनको जवाफ रहेको बताइएको छ ।



