एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ३ : वैदेशिक रोजगारीको क्रममा युएईमा मृत्यु भएको मृतकको पार्थीव शरीरलाई गैर आवासीय मधेशी संघ (एनआरएमए) नेतृत्वमा मधेशी एकता समाज लगायत विभिन्न संघ– संस्था, बुद्धिजीवी, समाजसेवी र ब्यपारीहरूको सहयोगमा धनुषाका एक मृतकको पार्थिक शरीर लाई उद्दार गरिएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरको भेडियरटोल निवासी योगेन्द्र भेदिहारको मृत शरिर उद्दार गरिएको दुबईबाट (एनआरएमए) का सन्तोष कुमार ठाकुरले बताए । वैदेशिक रोजगारीको सिलसिलामा भिजिट भिषामा युएईमा डेढ वर्ष देखि काम गर्दै आएको उनको २० डिसेम्बर २०२१ राती सुतेकै अवस्थामा मृत्यु भएको थियो ।
उनको पार्थिव शरिर नेपाल ल्याउन रघुनाथपुर निवासी प्रेस जनमत संघको केन्द्रीय अध्यक्ष बी.पी साहले गैर आवासीय मधेशी संघ युएई शाखालाई जानकारी गराएपछि लगत्तै युएईमा रहेको गैर आवासीय मधेशी संघको वरिष्ठ सल्लाहकार संत साहुले विभिन्न तरिका बाट खोज तलाश छानवीन गरी मृतकको पार्थिक शरीर पता लगाएका थिए ।
निरन्तर रूपमा आफ्नो कामको साथसाथै मृत्कको कम्पनी तथा नेपाली दुतावाससंग समन्वय गरेका वरिष्ठ सल्लाहकार अमित शर्माको समेत सहयोगमा उनको पार्थिव शरिर उद्दार गरिएको हो । मृत्कको कम्पनी लाई पार्थिक शरीर स्वदेश पठाउन आग्रह गरेपनि कम्पनीले कानुनी नियम अनुसार पठाउन तयार भएका थिएनन । मृत्कको परिवारिक स्थिति अत्यन्तै कमजोर रहेको र आमाबुवा पनि बितिसकेको छ ।
एउटी ९ महिनाको छोरी र श्रीमति रहेको मृतकको गैर आवासीय मधेशी संघ यु.ए.ई ले आर्थिक सहयोगको लागि मधेशी युनाइटेड लगायत अन्य विभिन्न संघ संस्थाबाट आर्थिक सहयोगमा मृत्कको पार्थी शरीर लाई स्वदेश पठाउन सफल भएको हो । यस काममा गैर आवासीय मधेशी संघ युएई शाखाको अध्यक्ष जग नारायण मंडल, वरिष्ठ सल्लाहकार संजय कर्ण, कोषाध्यक्ष सदाम अंसारी, मधेशी एकता समाज उपाध्यक्ष कृष्ण ठाकुर, लगायतका रहेका छन् ।



