एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ३ :
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले एमालेका लागि उपेन्द्र यादव भन्दा राजेन्द्र महतो सहज पात्र रहेको बताएका छन् । जनकपुरधामको अप्पन टिभीको कार्यक्रम अप्पन विशेषमा सोधिएको एक प्रश्नमा उनले भने, ‘दुवैजनाको आ–आफनै विशेषता छन, तर उपेन्द्र भन्दा चाँही राजेन्द्र मुहफट भएपनि पारदर्शी भने हुनुहुन्छ ।’

तत्कालिन एमाले नेतृत्वको सरकारमा दुवैजना उपप्रधानमन्त्री भएको स्मरण गर्दै उनले अगाडि भने, ‘उपेन्द्र जी बाबुरामकै कुरामा लागेर सरकार छाडनु भयो अहिले बाबुरामनै घातक भएका छन ।’ राजेन्द्र महतो भने क्लियर कुरा मुख अगाडि मै स्टीक रुपमा आफनै अन्दाजमा राख्ने नेता भएको उनको तर्क छ । मधेशमा गठबन्धन गर्नुपर्ने बेला आयो भने जसपा र लोसपा मध्ये कसलाई रोज्नु हुन्छ भने जिज्ञासामा उनले यस्तो जवाफ फर्काएका हुन ।