एसपी रिपोर्टर
जनकपुरधाम, माघ २३ :
मधेश प्रदेशका आन्तिरक मामिला तथा सञ्चार मन्त्री भरत साहले संघिय सरकारलाई काउन्टर दिदै प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गराएको छ । मन्त्री साहले प्रदेशसभा सचिवालयका सचिवलाई पत्र लेख्दै प्रदेश प्रहरी गठन, समायोजन, सञ्चालन तथा भर्ना सम्बन्धी प्रकृया विगत तिन वर्ष देखि संघिय सरकारले असंवैधानिक तथा गैर कानुनी तारिकाले अवरुद्व गरिरहेको भन्दै बाध्य भएर संकल्प प्रस्ताव पेश गरेको उल्लेख छ ।

https://www.facebook.com/watch/?v=470100394781653

पत्रमा मन्त्री साहले लेखेका छन्, ‘संघिय सरकारको गैर कानुनी र असंबैधानिक कदम विरुद्व अन्य कुनै प्रभावकारी उपायको अभावमा सम्मानित प्रदेशसभा समक्ष बाध्य भएर प्रदेश प्रहरी गठन तथा भर्ना प्रक्रिया अगाडि बढाउन प्रदेशसभा नियमावली २०७५ को नियम ८५.(१) बमोजिम यो संकल्प प्रस्ताव पेश गर्दछु ।’

मन्त्री साहको सो पत्र प्रदेशसभा सचिवालयमा आजै दर्ता भएको तर समय अभावको कारण प्रदेशसभामा टेवल हुन नसकेको बताइएको छ । सो विषयमा एसपी खवरसंग कुराकानी गर्दै मन्त्री साहले आफुले सो संकल्प प्रस्ताव दर्ता गराएको स्वीकार गर्दै संघिय सरकारले गर्न लागेको कुनै पनि भर्ना आफुहरु स्वीकार नगर्ने र त्यस विरुद्व अदालत जाने बताए ।

संघिय सरकारले आफैले बनाएको कानुनको नियोजित रुपमा कार्यान्वयन नगरी संविधान विपरितको कार्य गरिरहेको र प्रदेश सरकारलाई आफनो प्रदेश प्रहरी गठन तथा समायोजन गर्न रोक लगाइरहेकाले अव आफुहरु आफनै तरिकाले अगाडि बढने मन्त्री साहको पत्रको आशय छ ।

हेर्नोस मन्त्री साहको संकल्प प्रस्ताव सम्बन्धी पत्र