एसपी रिपोर्टर
जनकपुरधाम, माघ १४ : नेकपा एमालेका सचिव रघुविर महासेठले मधेशी जनतालाई जसपाले धोका दिएको बताएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा जसपाका नगर अध्यक्ष र मेयरका प्रत्यासी सहितकालाई पार्टीमा प्रवेश गराउदै पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता महासेठले मधेशी दलले मधेशी जनतालाई धोका दिएकाले सचेत मधेशी जनता विकल्प खोज्न थालेको बताएका छन् ।
भिडियो समाचार
नेता महासेठले अदालतको परमादेशले बनेको वर्तमान अवैधानिक गठबन्धनको सरकार जनताको हितमा काम गर्न नसकेको बताएका छन् । महासेठले नेकपा एमालेले देशका बयोवृद्व, एकल महिला तथा अपाङ्गता भएकाहरुका लागि गरेको काम जनताले सदैव स्मरण गरिरहने बताएका छन् ।

एमाले पोलिटब्युरो सदस्य नेतृ जुली महतोले क्षिरेश्वरनगरपालिकामा भ्रष्टाचारी बढेको बताउदै अव एमालेले नगरपालिकाको विकास गरेर देखाउने बताए । एमालेमा नव प्रवेश गरेका नेताहरु शुखदेव यादव तथा विनोद प्रसाद गुप्ताले जसपाको तौर तरिका सहि नरहेकाले समयमै विकल्प रोजेको बताए । शुखदेव रमदैयाका पुर्व प्रधानपञ्च र गुप्ता जसपा नगर सभापती हुन । कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरु, नेताहरु सहितको उपस्थिती थियो ।




