एसपी रिपोर्टर
जनकपुरधाम, माघ ७ : जसपाको युवा युवा संगठन समाजवादी युवा संघका अध्यक्ष योगेन्द्र राय यादवले डा. सिके राउतको जनमत पार्टी जसपालाई मात्र लक्षित गरि मधेशमा मुठभेढ मचाउन चाहेको आरोप लगाएका छन् ।
रौतहटको सदरमुकाम गौरमा जसपा नेतृ तथा संघिय भौतीक पुवार्धार तथा यातायात मन्त्री रेणु यादवले डा. सिके राउत प्रति लक्षित गर्दै दिइएको हिंसात्मक भाषण विवादमा तानिएपछि मधेश प्रदेशका कृषि राज्यमन्त्री समेत रहेका यादवले जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि संघिय मन्त्री यादवलाई जनमतका कार्यक्रताले विभिन्न ठाँउमा अवरोध गरेको, कुशब्द प्रयोग गरि नारावाजी गरेको तथा आफुहरुको जुलुसमा प्रयोग भएको बाइक र गाडीमा तोडफोड गरेपछि प्रतिरक्षामा मन्त्री आक्रोसित भएर बोलेपनि कसैलाई ज्यान मार्ने धम्की भने नदिएको बताए ।
गौरको कार्यक्रमको आयोजक आफनै नेतृत्वको युवा संघ नै रहेको बताउदै राज्यमन्त्री रायले केपि शर्मा ओलीको लगानीमा परिचालित जनमत पार्टी जसपासंग मुठभेड गरि हिंसा मचाएर पोलिटिकल माइलेज गेन गर्ने काम गर्न खोजेको आरोप लगाएका छन् ।

राज्यमन्त्री रायले आफुहरु हिंसा नहोस भनेर धेरैनै बर्दास पनि गरेको बताए । उनले संघिय मन्त्री यादवको भाषणको भिडियो सम्पादित र नियोजित रहेको सम्मका दावि गरेका छन् । आफुहरु मधेशमा मधेशको शक्ति बिच एकता र मिलान चाहेको बताउदै उनले आफुहरुको संयमताको फाइदा नउठाउन जनमत पार्टीलाई आग्रह गरेको छ ।





