एसपी रिपोर्टर
जनकपुरधाम, माघ ६ :
माघ १२ गते हुने राष्ट्रियसभा निवार्चनमा लोसपा एमाले गठबन्धन घोषणा भएको छ । जनकपुरधाममा दुवै पार्टीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रियसभा निर्वाचनमा गठबन्धन भएको घोषणा गरेका छन् । गठबन्धन भएसंगै लोसपाले एमालेका अन्य समुहका उम्मेदवार उसमान अन्सारीलाई समर्थन गर्ने भएको छ भने एमालेले लोसपाकी महिला उम्मेदवार रुपा कुमारी यादवलाई समर्थन गर्ने भएको छ । एमालेकी महिला उम्मेदवार बिना देवी साहले आफुले उम्मेदवारी स्थगित गर्दै लोसपाकी उम्मेदवार यादवलाई समर्थन गर्ने बताएकी छन् ।

पत्रकार सम्मेलनमा उपस्थित लोसपा प्रदेश २ का नेता जितेन्द्र सोनलले मुद्दा फिर्ता, नागरिकता विद्ययेक तथा संविधान संसोधन जस्ता मधेश र आफनो पार्टी लोसपाको मुद्दालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपि शर्मा ओलीले देखाएको सदासयतालाई कदर गर्दै एमाले संग गठबन्धन गरेको बताए ।

मालेका सचिव तथा पुर्व उपप्रधानमन्त्री रघुविर महासेठले जसपाका अध्यक्ष उपेन्द्र यादव सत्तामा पुग्न एमालेसंग मित्रता गर्ने र सत्ताबाट बाहिरए पछि एमालेलाई मधेश विरोधी भनेर कुप्रचार गर्ने काम गरेको आरोप लगाउदै लोसपा संग मिलेर मधेशमा काम गर्न चाहेको बताए ।

पाँच दलिय गठबन्धले अन्य तर्फ जसपाको मो. खालिद र महिला तर्फ मोओवादीकी उर्मिला अर्याललाई उम्मेदवार बनाएको छ । पत्रकार सम्मेलनमा उपस्थित दुवै दलका नेताहरु एमाले र लोसपाको गठबन्धन अगामि निर्वाचनहरुमा समेत हुन सक्ने संकेत गरेका छन् । पत्रकार सम्मेलनमा एमालेका प्रदेश २ अध्यक्ष रामअवतार यादव, पुर्व मन्त्री लिलानाथ श्रेष्ठ र जुली महतो त्यसै गरि लोसपाका सांसदहरु परमेश्वर साह, रानी शर्मा तिवारी, जयनुल राइन, अभिराम शर्मा सहितको उपस्थिती थियो ।