एसपी रिपोर्टर
बारा, माघ ५ :
मधेश आन्दोलनका सिपाही पुर्व मधेश प्रदेश मन्त्री जितेन्द्र सोनलले मधेशी जनता र शहिदको सपना साकार भएको बताएका छन् । १५ औं बलिदानी दिवसमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति बारा कलैयाद्वारा आयोजित वर्तमान परिस्थितिमा लोसपा नेपालको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले भने मधेशीको हक र अधिकारका लागि लोसपा कुनै कसर वाँकी राख्दैन ।

सोनलले प्रदेश २ नाम मधेश पारित गर्न भुमिका निर्वाह गर्ने ति गोप्य मतदान गरेका १६ जना सांसदहरुलाई समेत धन्यवाद ज्ञापन गरेका छन् । कांग्रेस, एमाले र नेकपा एसका सांसदहरुको माया र स्नेहकै कारण मधेश आज सार्थक भएको उनको कथन छ । कार्यक्रममा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा पार्टीका उपनेता रानी शर्मा तिवारी, सचेतक परमेश्वर साह सांसदहरु अभीराम शर्मा, जैनुल राईन , बबिता देबी, प्रहाल्द गिरी, लोसपा नेपाल बारा जिल्ला अध्यक्ष नवलकिशोर सिंह लगायतको उपस्थिती थियो ।