एसपी रिपोर्टर
जनकपुरधाम, पुष २८ :
प्रदेश २ को आन्तिरक मामिला तथा सञ्चार मन्त्री भरत साहले प्रदेश २ को नाम र राजधानी तय गर्नका लागि दलहरु लचक भएको भन्दै माघ ३ गते हुने मतदानले राजधानी र नाम पारित हुने बताएका छन् । जनकपुरधाम उमहानगरपालिकाको वडा नं. ७ मा आयोजित कम्वल वितरण कार्यक्रममा उनले सभामुखको संयोजकत्वमा बनेको समितिले गरेको छलफल पनि केहि हद सम्म सकारात्मक वातावरण बनाएको र यस अघि मधेश प्रदेशको पक्षमा रहेको जसपा र लोसपासंगै आफुले पहल गरेर माओवादी केन्द्रलाई समेत सहमतीमा ल्याएको बताउदै छिट्टै नाम र राजधानी तय हुनेमा विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘म पार्टी र अध्यक्ष प्रचण्ड जी संग कुरा गरेर हिम्मत गरि लचक भएको छु, अव केहि मात्र कसर वाँकी छ हेरौं कुन दलले के निती अपनाउछ ।’मन्त्री साहले प्रदेश २ सरकार प्रदेशवासीलाई मौसमी विपदबाट हुने समस्या र पिडा समाधानका लागि प्रदेश २ सरकार सक्दो प्रयास गरिरहेको समेत बताएका छन् । उनले प्रदेश २ विभिन्न मौसममा जस्तै अत्याधिक चिसो, हुरीबतास, आगलगी र बाढी डुबानको समस्याबाट प्रताडित हुने गरेको बताए ।

जनकपुरधाम उमहानगरपालिकाको वडा नं. ७ मा पाँच सय जना गरिव विपन्नलाई न्यानो कम्वल वितरण गरिएको छ । प्रदेश २ सरकारको आन्तिरक मामिला तथा सञ्चार मन्त्रालयको सहयोगमा अधिकांश वडावासीका साथै केहि वाहिरका समेत गरिव विपन्नलाई चिसोबाट बच्न कम्वल वितरण गरिएको वडा अध्यक्ष जानकी राम साहले बताएका छन् । सो अवसरमा प्रदेश २ सांसद परमेश्वर साह, जनकपुरधामकी उपप्रमुख रिता झा, समाजसेवी पवन सिंहानिया, पवन ठाकुर, प्रा.बिनोद साह, लक्ष्मण पाण्डे, हसिम राइन सहितको सहभागिता रहेको थियो ।