एसपी रिपोर्टर
जनकपुरधाम, पुष २० :
प्रदेश २ मा खाली हुन लागेको अन्य र महिला गरि दुई सिट राष्ट्रियसभा सदस्यका लागि चारदल गरि कुल छ जनाको उम्मेदवारी परेको छ । हाल एमालेको रहेको खन्य सिटका लागि गठबन्धनबाट जसपाले मुस्लम उम्मेदवार ल्याउँदा एमालेले पनि मुस्लिम उम्मेदवार ल्याएको छ ।

देशभरिमै खाली हुने १९ मध्ये प्रदेश २ मा खाली हुन लागेको अन्य र महिला गरि दुई सिटका लागि छ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । हाल नेकपा एमालेका सुमन प्याकुरेल रहेको अन्य सिटमा एमालेले पर्साका उसमान अनसारीलाई उम्मेदवार बनाएको छ भने त्यो सिट कब्जा गर्न गठबन्धनको तर्फबाट जसपाले सिरहाका मोहम्मद खालिदलाई उम्मेदवार बनाएको छ । जसपाले मुस्लिम उम्मेदवार ल्याँउदा यस अघि एमालेले घोषणा गरेको धनुषाका असर्फी भिनवार यादवलाई हटाएर अन्सारीलाई उम्मेदवार बनाएको हो ।

एमालेका दुवै उम्मेदवार दायाँबाट क्रमश बिना र अन्सारी

हाल मोओवादीकी शशिकला दहाल सदस्य रहेकी महिला सिटका लागि माओवादीले पर्साकी पुर्व मन्त्री समेत रहेकी उर्मिला अर्याललाई उम्मेदवार बनाएको हो भने सोहि पदमा एमालेले रौतहटकी बिना देवी र लोसपाले महोतरीकी एकल महिला तथा पार्टी की केन्द्रिय सदस्य रुपा यादवलाई उम्मेदवार बनाएको हो । लोसपाले अन्य तर्फ पनि आफनै उम्मेदवार दलित अगुवा सप्तरीका श्याम सुन्दर सरदारलाई उम्मेदवार बनाएको हो । जसपाले गठबन्धनको मतभार हेर्दा दुइ तिहाई मतका साथ गठबन्धनका उम्मेदवार जित्ने दावी गरेको छ ।

जसपा प्रदेश २ संसदिय दलका नेता समेत रहेका मुख्यमन्त्री लालबाबु राउत गठबन्धन फराकिलो मतले बिवजयी हुने बताइरहँदा प्रतिपक्षी एमालेले भने निर्वाचनमा कुनै पनि दावी सत्यनै हुन्छ भन्नु गलत रहेको दावी गरेको छ । लोसपा र अन्य दलसंग कुराकानी भइरहेको र निर्वाचन समिप रहेकाले यस निर्वाचनमा जे पनि हुन सक्ने उनको तर्क छ ।

लोसपाका उम्मेदवारहरु नेता सोनलको दुवै छेउमा

दुवै सिटमा आफनै दुईजना उम्मेदवार उतारेको लोसपाको भने आफनै दावी छ । उनले कांग्रेस र नेकपा एसको उम्मेदवार नरहेको र आफुहरुले राम्रा योग्य उम्मेदवार ल्याएकाले आफुहरु जित्ने दावी गरिरहेका छन् । अगठबन्धनको तर्फबाट प्रदेश २ मा भाग पाएका जसपा र माओवादीले उम्मेदवारी दिइरहेका बेला नेकपा एसका नेताहरु उपस्थित रहेपनि नेपाली कांग्रेसको एकजना पनि नेताहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगेको देखिएन । गबन्धनका घटक कांग्रेसका नेताहरु खोइ त ? भन्ने प्रश्नमा जसपा प्रदेश २ अध्यक्ष रामबाबु यादवले कांगे्रसको साथीहरु आउनुपर्ने हो तर अन्य प्रदेश मा उहाँहरुको मनोनयन भइरहेकाले उतै पो व्यस्त हुनु भएको हो की ? भन्दै कटाक्ष गरेका छन् ।

मनोनयनका दिन कांग्रेसको अनुपस्थिती, एमाले र लोसपाको गठबन्धनको सम्भावना, एमालेमा माओवादीबाट दर्जनौ पालिकाका प्रमुख र उपप्रमुख प्रवेश गरेको र आम निर्वाचन समेत नजिक रहेका कारण कसैको डर भय नरहेकाले मतदाताहरु तल माथी भए मात्र विपक्षील नभए गठबन्धनको जित सुनिश्चित जस्तै रहेको आंकलन भइरहेको छ । सदस्य निर्वाचित गर्न माघ १२ गते निर्वाचन हुने छ । स्थाई सदन रहेको राष्ट्रिसभाको प्रत्येक दुई वर्षमा हुने हरेक चुनावमा एक तिहाई सदस्य निर्वाचित गर्ने संबैधानिक व्यवस्था छ । राष्ट्रियसभामा कुल सदस्य संख्या ५९ रहेको छ ।