एसपी रिपोर्टर
जनकपुरधाम, पुष १३ :
रौतहटको गौर–चपुर सडकखण्डको गरूडामा जन्ती बोकेको स्कार्पियो दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको उक्त स्कार्पियो गरूडामा दुर्घटना ग्रस्त भएको इलालका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीले जानकारी दिए ।

https://www.facebook.com/100005409187120/videos/pcb.1835582236632065/509515813561029

मृत्यु हुनेमा गढीमाई नगरपालिका ३ गम्हरियाका ५५ वर्षीय मारुफ मियाँ अन्सारी, २५ वर्षीय शेख छोटू, २२ वर्षीय शेख सैनुलाह, १६ वर्षीय शेख नौसाद र उमेर नखुलेका शेख अबुलेस रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि भन्डारीले जानकारी गराएका छन्।

डीएसपी भण्डारीका अनुसार स्कार्पियोमा सावर ८ जनामध्ये तीनजना घाइते भएका छन् । उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार मृतको पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गरूडाको टोली घटनास्थलमा पुगेर उद्दार कार्य गरिएको छ ।