एसपी रिपोर्टर
जनकपुरधाम, पुष ११ : नेपाली कांग्रेस प्रदेश २ मा आठ मध्ये सवै पदाधिकारीमा संस्थापन अर्थात देउवा समुह कब्जा गर्दा केन्द्रिय सदस्यमा पनि देउवाले क्लिन स्वीप गर्ने देखिन्छ । यद्यपि निधी–कोइराला समुहका एकआध सदस्य अस्तित्व जोगाउन प्रतिस्पर्धामा रहेको देखिन्छ ।
१४ सिटको खुल्ला तर्फ ५० उम्मेदवार मध्ये केन्द्रिय सदस्यमा खसेको १८ सय ८१ मत मध्ये १ हजार ५० सम्म गणना हुँदा नरेश यादव ५ सय ४ मत सहित सबै अग्र स्थानमा छन भने प्रेम शंकर सिंह ४ सय ८१ मतका साथ दोस्रो र मो. अख्तर अली ४ सय ६६ मतका साथ तेस्रो स्थानमा छन् । त्यसैगरि चौथौ देखि १४ औं स्थान सम्म प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरुलाई उनले प्राप्त गरेको मतका साथ तल क्रमागत रुपमा प्रस्तुत गरेका छौं ।
सुर्य बहादुर थापा ४६२
राजकिशोर यादव ४५०
रामबाबु साह ४४९
लक्ष्मण प्रसाद ठाकुर ४४२
राजेश गिरी राजु ४०८
जिवनाथ चौधरी ४०३
बासुलाल महतो ४०३
सुरेश लाल कर्ण ३९९
सुरेश ठाकुर हजाम ३९८
सुरेन्द्र कुमार न्यौपाने ३८२
हरिनारायण साह तेली ३७५
खुल्ला तर्फको अहिले सम्मको मतगणना अनुसार निधी–कोइराला समुहका उम्मेदवार जिवनाथ चौधरी प्रतिस्पर्धी १४ मा आफनो स्थान बनाएर जित्ने सम्भावना कायम राखेका छन् ।
तस्वीरमा प्रस्तुत छ अन्य विभिन्न कोटाका केन्द्रिय सदस्यहरुको मत परिणाम ।

निर्वाचन समितिले भने मतपरिणाम विवरण आधिकारिक घोषणा गर्न वाँकी छ ।


