एसपी रिपोर्टर
जनकपुरधाम, पुष ९ :
नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनका क्रममा नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदिय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापती कृष्ण प्रसाद यादव विजयी भएका छन् । उनले १ सय ४१ मतान्तरले राम सरोजलाई पराजित गरेको हो । विजयी कृष्णले ९ सय ९६ मत पाउँदा रामले ८ सय ५५ मत पाएका छन् । ३० मत बदर भएको छ । औपचारिक घोषणा हुन भने वाँकी छ ।

पहिलो प्रदेश कार्यसमिति चयनका लागि विहिवार विहान ९ बजेर ४० मिनेटबाट राती ८ बजे सम्म मतदान भएको थियो । मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो । विजयी कृष्णले जनकपुरधामलाई सबैको आफनो बनाएर प्रदेश २ मा एक कांग्रेस बनाउने बताए ।