एसपी रिपोर्टर
जनकपुरधाम, पुष ९ : नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनका क्रममा नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदिय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापती कृष्ण प्रसाद यादव विजयी भएका छन् । उनले १ स य ४१ मतान्तरले राम सरोजलाई पराजित गरेको हो ।
विजेता कृष्णले ९ सय ९६ मत पाउँदा रामले ८ सय ५५ मत पाएका छन् । औपचारिक घोषणा हुन भने वाँकी छ । पहिलो प्रदेश कार्यसमिति चयनका लागि विहिवार विहान ९ बजेर ४० मिनेटबाट राती ८ बजे सम्म मतदान भएको थियो । मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ म्त खसेको थियो ।

बदर मत संख्या ३० रहेको छ । विस्तृत विवरण आउन वाँकी छ ।





