एसपी रिपोर्टर
जनकपुरधाम, पुष ४ :
नेपाली कांग्रेस प्रदेश २ का सभापतीमा देउवा पक्षबाट उम्मेदवारी दिएका रौतहट सभापती कृष्ण यादवले आफु कुनैपनि हालतमा सभापतीको दावेदारी नछोडने बताएका छन् । राजनितीमा यस्तो हुदैन, यादवले एसपी खवरसंग भने, ‘हिजोको परिस्थितीके थियो ? त्यो परिस्थितीमा देउवा जी लाई हामी साथ दिएर आज जितायौं, अव मलाई उहाँले धोका दिनुहोला मलाई अलिकती पनि विश्वास छैन ।’

प्रदेश २ मा आफु चुनाव लडने नभए सभापतीमा मलाई छाडेर कुनै पनि अर्को पदका लागि सहमती गर्न आफु तयार रहेको उनको तर्क छ । केन्द्रिय सभापती हामीले जित्यौं, सहमहामन्त्री र दुवै प्रदेश २ को केन्द्रिय सदस्य हामीले निर्विरोध जितेको यहाँहरुलाई अवगत, यादवले अगाडि भने, ‘यो अवस्थामा हामी अरुलाई किन छोडने ?’

आफु काठमाण्डौंमा हुने कुनै पनि सहमती नमान्ने बरु राजनितिमा यदि इमान र बइमानकै परिस्थिती आउछ भने त्यसको सामना गर्न आफु तयार रहेको उनको अडान छ । प्रदेश २ मा सहमतीमै नेतृत्व चयन हुने र सभापतीमा राम सरोज यादवलाई चयन गर्ने आशयको समाचारहरु केहि सञ्चार माध्यममा आएपछि उनले आपती जनाएका छन् । उनले सभापती देउवा, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा मात्र नभई सहमहामन्त्री महेन्द्र यादव, केन्द्रिय सदस्यहरु आनन्द प्रसाद ढुङ्गाना र रमेश रिजाल समेत आफनो पक्षमा रहेको दावी गरेका छन् ।