एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २५ : देशको सबै भन्दा पुरानो पार्टी नेपाली कांग्रेस नयाँ नेतृत्वका लागि निर्वाचनको संघारमा छ । पार्टीको नेतृत्वका छ जनाको उम्मेदवारी परेको छ । पार्टीको नेतृत्वमा पुनः दावी गर्दै वर्तमान सभापती तथा देशका प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दिएको छ भने पौडल समुहबाट शेखर कोइराला उम्मेदवार बनेका छन् ।
त्यस्तो त पौडेलकै समुहमा रहेका प्रकाशमान सिंहले समेत सभापतीमा उम्मेदवारी दिएका छन् । सभापतीमै चौथो उम्मेदवार भने यस अघि देउवाका निकट मानिने उनकै समुहका विमलेन्द्र निधी हुन । त्यसै गरि सभापतीमा कल्याण गुरुङ्ग र युवराज न्यौपाने समेत सभापतीमा उम्मेदवारी दिएका छन् ।

सभापतीमा छ जना उम्मेदवार भएपनि चारजना देउवा, कोइराला, सिंह र निधी बिच मत बिभाजन भई स्पष्ट बहुमत नपुगेपछि दोस्रो चरणमा सभापतीका लागि निर्वाचन हुने सम्भावना बढेको एक नेताले बताएका छन् । अहिले सम्मको समिकरण हेर्दा दोस्रो चरणमा देउवा र कोइराला बिच निर्णायक प्रतिस्पर्धा हुने र सिंह तथा निधीको समुह रोजाई र समर्थनले कांग्रेसले नयाँ नेतृत्व पाउने वातावरण बन्ने छ ।

देउवाको वर्तमान दुई उपसभापती मध्ये निधी सभापतीमा उम्मेदवार छ भने विजय कुमार गच्छदार उपसभापतीमै उम्मेदवार बनेका छन् । वर्तमान वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले भने शेखरलाई साथ दिएका छन् । यस अघि सिंहसंगै रहेका युवा नेता गगन थापा शेखरको टिममा जानुले समेत देउवा र कोइराला बिच निर्णायक प्रतिस्पर्धा हुने अवस्थामा सिंहले शेखर र निधीले देउवालाई समर्थन गर्न सक्ने सम्भावना छ ।


