एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १७ : श्री सीताराम विवाहपञ्चमी महामहोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शुक्रवार जनकपुर नगर दर्शन कार्यक्रम सम्पन्न भएको छ । जनकपुरधाममा शुक्रवार बेलुकी राम र जानकीलाई नगर दर्शन गराइएको छ । त्यस क्रममा राम र जानकीको प्रतिकलाई जानकी मन्दिरको प्राङ्गनमा राखेर गितगान गरिएको छ ।

साथै रामायणका अन्य पात्रहरुलाई समेत नगर दर्शनमा सहभागी गराइन्छ । यस क्रममा कार्यक्रममा राम, सीतासहित रामायणका अन्य पात्रका अगाडि नगरबासीहरुलाई उपस्थित गराउने परम्परा छ । महामहोत्सवको कार्यक्रम अन्तर्गत शनिवार फूलवारी लिला हुनेछ ।

भगवान राम र सीतालाई शान्त ठाउमा भेटघाट गराउने कार्यक्रमलाई फूलबारी लिला भनिन्छ । राम र सीताबीच पहिलो पटक बगैंचामा भेट भएको पौराणिक कथाका आधारमा फूलवारी लिला कार्यक्रम गरिने प्रचलन छ ।

त्यसै गरि तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाचौं दिन मटकोर, छठैं दिन शुभविवाह अर्थात विवाहपञ्चमी र सातैं दिन राम कलेवाको आयोजना हुदै विवाह पञ्चमीको समापन हुन्छ ।






