एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ४ :
प्रमुख प्रतिपक्षी नेकपा एमाले धनुषामा विवाद देखिएको छ । पार्टीका नेता रघुवीर महासेठ सहितको उनको समुहले मनोमानी गरेको भन्दै प्रदेश सांसद र पार्टीका सचेतक समेत रहेका किशोरी साह ‘कमल’ सहितका नेताले शनिबार जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

https://www.facebook.com/100034125945900/videos/pcb.602933847520808/634520667574603

पार्टीका स्थायी समिति सदस्य समेत रहेका महासेठले महाधिवेशन प्रतिनिधी छनौटमा मनोमानी गरेको भन्दै प्रदेश सांसद साहको नेतृत्वमा प्रदर्शन भएको हो । एक नेताका अनुसार सांसद किशोरी साह कमलको धनुषा क्षेत्र नं. १ मा छवि राम्रो रहेकाले नेता रामचन्द्र मण्डल, राजकिशोर यादव सहितकाहरु समेत उनलाई घेराबन्दीमा पार्न लागि परेको छ ।

जनकपुरधामको रेल्वे स्टेशनबाट निकालिएको बिरोध ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै एमाले पार्टी कार्यालयमा पुगेर टुँगिएको थियो । प्रदर्शनका क्रममा एमालेका नेता÷कार्यकर्ताले व्यक्तीबादी प्रवृती बिरुद्व नाराबाजी समेत गरेका छन् । एमालेको प्रदेशका प्रमुख सचेतक समेत रहेका साहले महासेठले पार्टीमा तानाशाह बनेर महाधिवेशन प्रतिनिधी छनौट गरेको बताए ।

महासेठले आफ्ना आसेपासे र नातागोतालाई मात्रै महाधिवेशन प्रतिनिधी बनाएकाले प्रदर्शनमा उत्रनुपरेको उनले बताए । महासेठले गलत प्रक्रियाबाट छनौट गरेका प्रतिनिधि खारेज गरी योग्य तथा क्षमतावानलाई प्रतिनिधी बनाउन माग गर्दै उनले नेकपा माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेका नेताहरुलाई समेत बेवास्ता गरेको बताए ।