एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २३ : राप्रपा नेपालको धनुषा जिल्ला अध्यक्षमा पुनः रामचन्द्र यादव चयन भएका छन् । जनकपुरधामका आयोजित अधिवेशनले यादवलाई पुनः सर्वसम्मत अध्यक्ष चयन गरिएको छ । अधिवेशनबाट ४१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा मोहम्म दाउदलाई चयन गरिएको छ । कमलेशकुमार मण्डल, ईश्वरप्रसाद साह, रुपा ठाकुर, अभयकान्त ठाकुर, रामनारायण ठाकुर, श्रवणकुमार दाहाल लगायतकालाई सदस्यमा नियुक्त गरिएको छ । बाँकी पदाधिकारीहरुको चयन यीनै सदस्यहरुमध्येबाट अध्यक्षले चयन गर्ने राप्रपाका जिल्ला नेता कमलेश मण्डलले जानकारी दिए ।
राप्रपाको प्रदेश २ प्रमुख रामचन्द्र रायको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा केन्द्रिय सदस्यहरु कृष्णप्रताप मल्ल, मनोज मल्ल, श्रवणकुमार झा, प्रमोदकुमार गोयन्का, वीरेन्द्रलाल कर्ण, मिनबहादुर थिंग, राजकुमारी साह, नथुनीलाल दास र प्रदेश सदस्यहरु सुवोध ठाकुर, असर्फी झा लगायतका नेताहरुको उपस्थिति रहेको थियो । अधिवेशनमा राप्रपाका नेताहरुले पार्टीलाई सुदृढ बनाउनका लागि थप उर्जाका साथ काम गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।





