एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १५ :
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसनै ठिक नरहेको अवस्थामा कांग्रेस नेतृत्वको सरकार के ठिक हुनु ? टिप्पनी गरेका छन् । पार्टीमा युवा पुस्ताको आवयश्कता रहेको चर्चाका बेला प्रेस युनियन नेपालले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टीको अवस्था हेर्दा अहिलेको स्थितीमा पार्टीलाई पुस्तान्तरण गर्नु भन्दा रुपान्तरणको आवयश्कता रहेको बताएका छन् ।

वर्तमान सरकार राम्रो संग काम गर्न नसकेको स्वीकार गर्दै पौडेलले त्यसको एक कारण पार्टी भित्रको एकता र अस्तव्यस्तता समेत रहेको रहेको बताए । आफु १३ औं महाधिवेशमा सभापतीको उम्मेदवार रहेको र अझै पनि नेता कार्यक्रताका बिचमा जान कुनै कमि नगरेको भन्दै उनले आफै पनि सभापतीको उम्मेदवार रहेको संकेत गरेका छन् ।

तत्कालिन मधेश आन्दोलनलाई शान्त पार्न आफु मधेश अन्दोलनकारीसंग सम्झौता गर्ने पात्र समेत रहेको स्मरण गराउदै वरिष्ठ नेता पौडेलले संविधानमा रहेका जायज त्रुटीहरु सुधार गर्नका लागि संविधान संसोधन आवयश्क रहेपनि संविधान संसोधनलाई अहिले ओली, प्रचण्डहरुले झजाउन चाहिरहेको उनले थपे ।

न्यायालयको बिबाद र अस्तव्यवस्तता देशकै लागि दुर्भाग्य रहेको बताउदै उनले सरकार, गठबन्धन सहित प्रतिपक्षलाई मिलाएर समस्या समाधान गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यक्रताहरुको उपस्थती थियो ।