एसपी रिपोर्टर
जनकपुरधाम, असोज २६ : राजनितिमा कति सम्म अवरोध र कटुता हुन्छ भन्ने प्रमाणित जसपाले मन्त्री बनाउँदा प्रष्ट भएको छ । मन्त्री चयन गर्ने जिम्मा पाएका जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई सहितकाले मन्त्रीको निश्कर्ष लगाएर हस्ताक्षर समेत गरि राष्ट्रपती कार्यालायका लागि पत्र तयार भइसकेपछि सो पत्र अनुसार कृषि मन्त्रीको जिम्मा पाएका सर्लाहीका सांसद प्रमोद साहलाई बधाईको ओइरो लाग्यो ।
उनीहरुलाई राजनितिक दलका नेता मात्र होइन कुटनितिक नियोग र कर्मचारीहरुले समेत धमाधम मन्त्री भन्दै फोन र एसएमएसका माध्यमले बधाई दिन थाले । त्यसै क्रममा पुर्व कृषि सचिव डा. योगेन्द्र कार्कीले बधाई मन्त्री जि भन्नै मन्त्री परिषद विस्तार भएको दिन गत शुक्रवार दिउँसो २ बजेर ५७ मिनेटमा सांसद साहलाई म्यासेज गरे । तर साहलाई सपथ ग्रहणका लागि कुनै जानकारी नआएकाले उनले खेला हुने सोचिरहेका रहेछन् ।

आखिरमा भयो त्यही, आफुलाई समावेशी र समानुपातिकका प्रवर्तक भन्ने पार्टीले विभिन्न शक्तिको दबाब थेग्न सकेन र पार्टीको पत्र राष्ट्रपती कार्यालय सम्म पुग्दा पुग्दै मन्त्रीबाट साहको नाम हटाएर महेन्द्र राय यादव मन्त्री भएको सार्वजानिक गरियो । त्यसपछि तिनै पुर्व सचिवले ४ बजेर ३३ मिनेटमा म्यासेज गर्दै बधाई फिर्ता लिए र माफी पनि मागेका रहेछन् । पार्टीले कुन र के कारण यस्तो गरयो आफनो ठाँउमा बिचारनिय होला तर जसपा बचाउन र जसपा उपेन्द्र यादवको कित्तामा पार्न अहम र महत्वपुर्ण भुमिका खेलेका सांसद साहको भने एक किशिमले बेईज्जत गरिएकै हो ।
या कि नेतृत्वले कसैको दबाब थेग्न नसकेको नभए नियोजित र तयारीकै रुपमा उनको अपमान गरिएको हुनुपर्ने सर्लाहीका एकजना प्रदेश सांसदको आरोप छ ।मन्त्री परिषद विस्तारकै दिन मात्र नभई उनको नाम जसपा पुर्ननिर्माण भएकै दिन देखि मन्त्रीका लागि चर्चामा थियो तर आम नागरिकमा एक किशिमको जुन शंका थियो अन्ततः त्यै कुरा सावित भयो र नाटकिय किशिमले सांसद साहलाई मन्त्री बाट रोकिएको छ ।





