एसपी रिपोर्टर
जनकपुरधाम, असोज १ :
धनुषाको मिथिला बिहारी नगरपालिकाको वडा नं ६ सिरसियामा वडा कमिटी गठन गरिएको छ । नेकपा एमाले धनुषाका अध्यक्ष राज किशोर यादबको उपस्थितीमा वडा कमिटि गठन गरिएको छ

नेता नवल यादवको अध्यक्षतामा भएको बैठकबाट ५१ सदस्य वडा कमिटी गठन गरिएको हो । सो क्रममा नेकपा एमालेका धनुषा जिल्ला कमिटि सदस्य डा. संजिव कुमार यादवले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढनुपर्नेमा जोड दिएका छन । यादवले केही व्यक्तिको अहमताले पार्टीलाई कमजोर बनाउने र गठबन्धन सरकारसँग सहयात्रा गर्दै स्वार्थपुर्तीका लागि पार्टी प्रणालीलाई नै कमजोर बनाउने खेल भएको आरोप लगाए ।

अर्का जिल्ला सदस्य अजय यादवले विगतका सबै कमी कमजोरीलाई बिर्सेर पार्टी एक ढिक्का भई अघि बढ्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा मिथिला बिहारी नगरपालिकाका प्रमुख अनिल कुमार यादवले पार्टी फुटेपनि नगरमा कमजोर नभएको बताउदै एकतालाई बचाएर राख्नु पर्ने बताए । बैठकमा पार्टीबाट निर्वाचत अन्य जनप्रतिनिधि र नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियोे ।