एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २७ :
शनिवार राष्ट्रवादी पार्टीसंग एकिकरण गरेको नेपाल सदभावना पार्टीले आइतवार सिके राउतबाट अलग भएर बनेको कैलाश महतो नेतृत्वको स्वाधिन मधेश जनअभियानसंग कार्यगत एकता गरेको छ ।

जनअभियानका महतो र नेपाल सदभावना पार्टीका अध्यक्ष रामकुमार महतोले दुवै दल बिच कार्यगत एकता गर्दै जनकपुरधामबाट स्वाधिन मधेश वृहत मोर्चाको घोषणा गरेका छन् । उनीहरुले पुर्ण समानुपातिक निर्वाचत प्रणाली सहितको विभिन्न बुँदाहरुमा सहमती जनाउदै आफुहरु कार्यगत एकताका साथ अगाडि बढन तयार भएको बताएको छ ।

सिके राउतले तत्कालिन ओली सरकार समक्ष घुडाँ टेकेर मुलधारको राजनितिमा प्रवेश गरेर जनमत पार्टी नेपाल दल दर्ता गरेपछि उनको एकदमै निकट मानिएका वर्तमान जनअभियानका संयोजक महतो छुटिएका थिए ।