एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २६:
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले दल राजेका सम्पुर्ण जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ । जनकपुरधाममा एक कार्यक्रमको आयोजना गरि लोक कल्याणकारी प्रतिष्ठान परिवारले लोसपा दल रोजेका प्रदेश सांसद, स्थानिय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्यहरु सहित सवैलाई सम्मान गरेको हो ।

कार्यक्रममा नेताहरुले विगतमा मधेश केन्द्रित शक्तिलाई उचाई दिन विभिन्न एकता गरिएपनि लोकतान्त्रिक शक्ति बाहेकसंग एकता गरि गल्ती भएको बताउदै देशका सम्पुर्ण लोकतन्त्रवादी शक्तिहरु एक ढिक्का हुने समय आएको बताए ।

नेताहरुले अब दायाँ बायाँ नहेरि लोकतान्त्रिक शक्तिसंग पार्टी एकता नभई गठबन्धन गरेर शक्ति सञ्चयको काम गरिने र लोसपालाई विशाल शक्ति बनाउनु पर्ने बताए । प्रतिष्ठानका अध्यक्ष मनोज चौधरी लोसपा रोज्ने सम्पुर्ण नेता तथा जनप्रतिनिधिहरुलाई धन्यवाद दिनै उज्जवल राजनितिक भविष्यको कामना गरेका छन् ।

कार्यक्रममा प्रदेश सांसद प्रलाहद गिरी, नेता डा. विजय कुमार सिंह, पुर्व राज्यमन्त्री तथा प्रदेश सांसद अभिराम शर्मा सहित लोसपा रोज्ने जनप्रतिनिधीहरुको सहभागिता थियो ।