एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १८ :
नेकपा एमालेका स्थाई कमिटि सदस्य रघुविर महासेठले अगामि निर्वाचनमा एमालेलाई नम्वर वन पार्टी बनाइने बताएका छन् । एमाले प्रदेश २ का इन्चार्ज समेत रहेका नेता महासेठल ५०—६० वर्ष कटेका वृद्ववृद्वाहरु सुर्य छाप छोडनै नसक्ने बताएका छन् । चार हजार वृद्व भत्ता समान्य सुविधा नरहेको उनको जिकिर थियो ।

जनकपुरधाममा आयोजित जिल्ला कार्यक्रता भेलालाई सम्बोधन गर्दै उनले देशी विदेशी प्रतिक्रियावादीहरुको चलखेलमा आएर माधव कुमार नेपालले पार्टी विभाजन गरेको बताउदै नेपालको पार्टी नचल्ने बताएका छन् ।

कार्यक्रममा एमाले नेतृ जुली कुमारी महतो, नेता रामचन्द्र मण्डल, किशोरी साह कमल, राजकिशोर यादव, हरिनारायण महतो, अनिल यादव, शिव शंकर साह हिरा, अजय यादव सहितको उपस्थिती थियो ।