एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १७ : जसपा छोडेर लोसपा रोजेका प्रदेश सांसद प्रलाहद गिरीलाई लोसपाले सम्मान गरेको छ । जनकपुरधाममा एक कार्यक्रमको आयोजना गरि लोसपाले गिरीलाई सम्मान गर्दै पार्टीमा स्वागत गरेको हो । लोसपा अध्यक्ष महन्थ ठाकुरले गिरीलाई स्वागत र सम्मान गरेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले आन्दोलन पछिका सवै प्रधानमन्त्रीसंग तिन बुँदे सम्झौता भएको तर कार्यान्वयन नभएको स्मरण गराएका थिए ।
तिनबुँदेमा जेलमा रहेकालाई छोडनु पर्ने, झुठा मुद्दा फिर्ता गर्नु पर्ने र आन्दोलन फिर्ता लिने रहेको स्मरण गराउदै उनले जेलमा रहेको बन्दीको रिहाई नगरेर ठक्ने काम भएको बताए । कार्यक्रममा वरिष्ठ नेता राजेन्द्र महतो, सरतसिंह भण्डारी नेताहरु अनिल झा, बृशेषचन्द्र लाल, जितेन्द्र सोनल, डा. विजय कुमार सिहं सहितको उपस्थिती थियो । आजै गिरी संगै प्रदेश सांसद तथा पुर्व राज्यमन्त्री डिम्पल झाले आफु लोसपा राजेको भन्दै सनाखत गरेका छन् ।





