एसपी रिपोर्टर
काठमाण्डौं, भदौ ११ :
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनको तयारी स्वरुप बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेसँगै निधिले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।

उनको सम्पर्क कार्यालयको उद्घाटनमा कांग्रेसका नेताहरु उपस्थित भएका छन् । उनले सभापति शेरबहादुर देउवालाई आफू पनि सभापति पदमा उम्मेदवारी दिने जानकारी गराइसकेका छन् । तर, देउवाले भने सभापतिमा दाबेदारी नगर्न आग्रह गर्दै आएका छन् ।

देउवाका विश्वासपात्र मानिएका निधिले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने घोषणा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । निधीले कांग्रेस पार्टीमा केहि रोगहरु लागेकाले त्यसको उपचार गर्न आफु सभापती बन्न चाहेको बताए । उनले रोग लागेको तर उपचार पनि सम्भव रहेकाले उपचारका लागि नेतृत्व चाहेको बताए ।

उनले अगामि आम निर्वाचनमा कांग्रेसलाई तहमा पहिलो र उत्कृष्ट नतिजाका लागि बल, बुद्धि, विवेक लगाएर आफु भुमिका निर्वाह गर्न सभापती हुन चाहेको बताए । कसैलाई बिस्थापित गर्न नभई कांग्रेसलाई नयाँ दिशा दिन आफु प्रत्यासी भएको उनको तर्क छ ।