एसपी रिपोर्टर
काठमाण्डौं, भदौ ७ :
भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटवार्ता गरेका छन् । उनले सोमबार अध्यक्ष प्रचण्डको निवास खुमल्टारमा भेटघाट गरेका हुन् ।

प्रचण्डसँग नेपाल र भारतसँगको सम्बन्ध विस्तारका साथै अन्य विषयमा पनि खुलेर छलफल भएको चौथाइवालेले ट्वीटमार्फत जानकारी दिएका छन् । आइतबार नै काठमाडौं आइपुगेका उनले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारी निवास वालुवाटारमा भेटघाट गरेका थिए ।

साथै आइतबारै उनले कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग पनि भेटघाट गरेका थिए । केही दिन काठमाडौंमा रहँदा उनले अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।